×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : डडेल्धुराको वडमवासीलाई खानेपानीको दुःख, जोखिम मोलेर काठेसाँघु तर्दै कालीकोटका स्थानीयवासी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : डडेल्धुराको वडमवासीलाई खानेपानीको दुःख, जोखिम मोलेर काठेसाँघु तर्दै कालीकोटका स्थानीयवासी

Artha Sarokar

३२ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवाबाट खानेपानी लिएर घरतर्फ जाँदै  गरेका वडमवासीदेखि कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ६ माल्कोट जोड्ने रहगाडमा रहेको झोलुङ्गेपुल बाढीले बगाएपछि जोखिम मोलेर काठेसाँघु तर्दै स्थानीयवासीसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ वडमवासी कुवाबाट खानेपानी लिएर घरतर्फ जाँदै । करिब तीनसय बढी परिवारको बसोबास रहेको वडम गाउँमा दशक पहिला बनेका धारा छन् तर पानीको थोपा आउँदैन । पुरानो खानेपानी मर्मत नहुँदा र नयाँ योजना निर्माणमा ढिलाइ हुँदा उनीहरुलाई पानीको समस्या भएको हो ।

कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ६ माल्कोट जोड्ने रहगाडमा रहेको झोलुुङ्गेपुल बाढीले बगाएपछि जोखिम मोलेर काठेसाँघु तर्दै स्थानीयवासी ।

रुपनी–राजविराज सडक खण्डअन्र्तगत सप्तरीको रायपुरमा बीच सडकमै भत्किएका खाल्डा । करीब १० किलो मिटरको यो सडक खण्डमा र्जीण बाटो रहेकाले दुर्घटना हुने जोखिम बढेको छ ।

साउन महिनाको अन्तिम सोमबार फेवाताल किनारमा रहेको शिव मन्दिरमा पूजा गर्न लामबद्ध भक्तजन ।

रामपुर नगरपालिका ५ स्थित राङभाङमा बिरुवा रोप्दै रामपुर आवासिय अङ्ग्रेजी बोर्डिङ्ग स्कुलका विद्यार्थी । नवचेतना आमा समूह र रामपुर स्काउटको आयोजनामा वातावरण संरक्षण गर्न किसमस, धुपि, लालुपाते, बारमासे, सयपत्रीलगायतका विरुवा रोपण गरिएको छ ।

साउन महिनाको अन्तिम तथा पाँचौँ सोमबार लमजुङ बेँसीशहर नगरपालिका–८ मस्याङ्दी नदी नजिकै करपुरेश्वर महादेव मन्दिर परिसरमा पण्डितको हातबाट टीका लगाउँदै भक्तजन ।

दुवै हात चलाउन नमिल्ने, बोल्न नसक्ने तर सुन्न राम्रोसँग सक्ने फरक क्षमता भएका याम खाम्चा गोडाले ल्यापटप चलाउँदै । खाम्चाले गोडाले ल्यापटप तथा मोबाइलमा विभिन्न लेख रचना लेख्ने, इन्टरनेट चलाउने, आफूले लेखेका विभिन्न लेख रचना सामाजिक सञ्जालमा पोष्ट गर्नुहुन्छ । उहाँले पाल्पाको निस्दी गाउँपालिका–२ स्थित बालहित माविबाट गोडाले लेखेर कक्षा ११ को परीक्षा पनि दिनुभएको छ ।

काठमाडौँ महानगरपालिका कोटेश्वरस्थित महादेव मन्दिर परिसरमा साउन महिनाको अन्तिम सोमबार शिवको पूजा आराधना गर्दै भक्तजन ।

बाढीको जोखिममा रहेको मेलम्ची -७ र हेलम्बु -४ जोड्ने झोलुङ्गेपुलको संरक्षण कार्य हुँदै ।

सन्धिखर्क नगरपालिका–१२ का वडाध्यक्ष नारायण खड्काले आफूले पाएको भत्ता रकमबाट ६५ बर्षमाथिका वृद्धवृद्धालाई हर्लिक्स प्रदान गर्दै । वडा, नगर स्वास्थ्य संस्थामा कोभिडविरुद्ध दोस्रो डोज खोप लगाएपछि खड्काले वृद्धवृद्धालाई मास्क र हर्लिक्स वितरण गर्नुभएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी