×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बाढीको उच्च जोखिममा शुक्लाफाँटाको झोलुङ्गेपुल, धानबालीमा कीटनाशक औषधी छर्किदै किसान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : बाढीको उच्च जोखिममा शुक्लाफाँटाको झोलुङ्गेपुल, धानबालीमा कीटनाशक औषधी छर्किदै किसान

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका–१२, वनहरा नदीमाथि निर्माण गरिएको बाढीको उच्च जोखिमा परेको झोलुङ्लेपुलदेखि सुनसरी सदरमुकाम इनरुवा–९, बबियाका कृषक धानबालीमा कीटनाशक औषधि छकिँदै गरेकोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका–१२, वनहरा नदीमाथि निर्माण गरिएको बाढीको उच्च जोखिमा परेको झोलुङ्लेपुल । पुल निर्माण गरिएको क्षेत्रमा नदीको पानीले तीव्र जग्गा कटानी गरिरहेको छ ।

सुनसरी सदरमुकाम इनरुवा–९, बबियाका कृषक धानबालीमा कीटनाशक औषधि छकिँदै । ग्वारो र पतेरो लागेर धानबाली फस्टाउन नसकेपछि औषधि छर्किएका हुन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का थारु समुदायका महिलाहरु अष्टमीकी पुज्दै । कृष्णजन्माष्टमीलाई थारु समुदायले विशेष पर्वका रुपमा मनाउँदै आएका छन् ।

डोटीको केआइसिंह गाउँपालिका–६, फलेडीस्थित कालीज बहुउद्देश्य फार्मभित्र पसेको चितुवाले मारेको कालीज । फार्ममा सोमबार पसेको चितुवाले १४० कालीज मारेको छ । एउटा कालीजको रु तीन हजार ५०० देखि रु पाँच हजारसम्म बिक्री हुने फार्म सञ्चालक कर्ण बोहरा बताउनुहुन्छ ।

वर्षाका कारण रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ स्थित चम्कीपुरमा घमाहा खोलाले कटान गरेको क्षेत्र ।

जुम्लाको चन्दननाथ नगरपालिका – ६ स्थित खेतमा किसानले लगाएको कालीमार्सी धान । कालीमार्सी कात्तिकको पहिलो हप्तामा नै भित्र्याउन तयार हुने गर्छ ।

बेलौरी नगरपालिका हातिबोझाका किसान असारे बडायकले छरुवा प्रविधिबाट गरेको धानखेतीबारे जानकारी लिँदै कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्ल ।

बागलुङको गलकोट नगरपालिका–५ मजुवा फाँटमा सञ्चालित ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’ मा पालिएका स्थानीय जातका कुखुरा । करिब रु एक करोडको लागतमा सञ्चालित फार्ममा कृषि र पशुपन्छी पालन गरिएको छ ।

घोराही –५ धारपानीमा ढुङ्गा खोपेर बनाइएको कालीको मूर्ति । यो मुर्ति भएको स्थानमा ठूलो ढुङ्गालाई कुदेर मूर्ति निर्माण गरिएको छ ।

१४औँ पुस्तकालय दिवसका अवसरमा मङ्गलबार म्याग्दी सामुदायिक पुस्तकालयले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा स्थापना भएको पुस्तकालयका लागि प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङलाई पुस्तक हस्तान्तरण गर्दै प्रजिअ गणेशबहादुर अधिकारी ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी