×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा: सडक नभएपछि जोखिम मोलेर यात्रा गर्दै सिमकोटवासी, मेलम्ची बजारमा थुप्रिए यात्रुबाहक बसहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा: सडक नभएपछि जोखिम मोलेर यात्रा गर्दै सिमकोटवासी, मेलम्ची बजारमा थुप्रिए यात्रुबाहक बसहरु

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटवासी जोखिम मोलेर यात्रा गरिरहेकोदेखि लगातारको बाढीले हेलम्बु, इन्द्रावती र पाँचपोखरी जाने बाटोमा पुल बगाएपछि मेलम्ची बजारमा थुप्रिएका यात्रुबाहक बससम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम सिमकोटवासी जोखिम मोलेर यात्रा गर्दै । सडक नहुँदा सिमकोट गाउँपालिका र आसपासका पालिकावासी उपचार वा उपभोग्य समान किन्न कष्टकर यात्रा गर्न बाध्य छन् ।

लगातारको बाढीले हेलम्बु, इन्द्रावती र पाँचपोखरी जाने बाटोमा पुल बगाएपछि मेलम्ची बजारमा थुप्रिएका यात्रुबाहक बस ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका गोपाल श्रीसको खरायो पालन ।

व्यास नगरपालिका–२ स्थित फ्रेण्ड्स फेशन गार्मेन्टमा काम गर्दै महिला तथा पुरुष । प्रोपाइटर तुलबहादुर सुनारले उद्योग सञ्चालन गरेपछि करीब ५० जनाले रोजगारीको अवसर पाएका छन् ।

मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन स्काभेटरमार्फत काम गरिँदै । अहिले मेलम्ची बजार आसपास खोला क्षेत्रमा नगरपालिकाले पाँच वटा स्काभेटर मेशिन प्रयोग गरी नदीलाई पुरानै धारमा फर्काउने प्रयास गरिरहेको छ ।

स्वास्थ्य कार्यालय तनहुँमा कोभिड–१९ विरुद्धको खोप लगाउन लामबद्ध सर्वसाधारण । तत्काल विदेश जानेलाई लक्षित गरी कागजातका आधारमा बुधबार खोप सञ्चालन गरिएको छ ।

नागरिकलाई मास्क वितरण गर्दै अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल ।

शुक्लाफाँटा नगरपालिका वडा नं ५ कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणका गर्दै कर्मचारी । नगरपालिकाले वडा वडामा बैँकका कर्मचारी परिचालन गरी ज्येष्ठ नागरिक, जेष्ठ दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति र दलित समुदायका बालबालिकालाई पोषण भत्ता वितरण शुरु गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङ बुधबार कार्यालयमा पदभार सम्हाल्दै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी