
शुक्लाफाँटा नगरपालिकाका–१२, कालागौंडीकामा बजेट अभावका कारण विगत तीन वर्ष अघिदेखि निर्माण कार्य रोकिएपछि अलपत्र अवस्थामा रहेको आधारभूत स्वास्थ्य केन्द्र भवन ।

प्राकृतिक रुपमा सुन्दर रहेको सन्धिखर्क बजारमा पछिल्लो समय अव्यवस्थित बस्ती विकास हुँदै ।

रसुवामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अक्सिजन आवश्यक पर्न साथ स्वास्थ्य संस्थामा पठाउन जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरीले तयारी अवस्थामा राखेको अक्सिजनसहित १०० थान सिलिण्डर ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ११ बल्थलीमा देखिएको हरियाली धानफाँट । सिँचाइ सुविधा भएकाले यस क्षेत्रमा बाली राम्रो हुने किसान बताउँछन् ।

म्याग्दी नदीको कटानको जोखिममा परेको बेनी नगरपालिका–४, सुर्केमेलाको बस्ती । म्याग्दी नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटानको जोखिम बढाएको छ ।

तनहुँको घिरिङ गाउँपालिका–४ पुर्कोटमा हिलाम्य सडकमा फसेको जीप धकेल्दै यात्रु ।

कोभिड १९ सचेतना मुलक “तपाईंको मास्क खोइ ?अभियान अन्तर्गत घोराही – १५को ट्राफिक चोकमा सर्बसाधारणलाई मास्क वितरण गर्दै प्रहरी ।









प्रतिक्रिया दिनुहोस्