Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : मुहान बगाएपछि तुम्कोटवासी धमिलो पानी खान बाध्य, जीविकोपार्जनको लागि मकै बिक्री गर्दै महिला

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले लगातारको वर्षाले पानीको मुहान बगाएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, तुम्कोट गाउँका २५ घरपरिवार खानका लागि तुम्कोट कर्णाली नदीको धमिलो पानी भर्दै गरेकादेखि जीविकोपार्जनको लागि पाल्पाको तानसेन नगरपालिका–२,मेहलधारामा मकै बिक्री गरिरहेकी महिलासम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लगातारको वर्षाद्ले पानीको मुहान बगाएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, तुम्कोट गाउँका २५ घरपरिवार खानका लागि तुम्कोट कर्णाली नदीको धमिलो पानी भर्दै । तुम्कोवासी एक भाँडा पानी लिन एक घण्टा पैदल हिँडेर नदी पुग्छन् ।

जीविकोपार्जनको लागि पाल्पाको तानसेन नगरपालिका–२,मेहलधारामा मकै बिक्री गर्दै महिला ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, छिसखर्कको चरन क्षेत्रमा चर्दै गरेका भेंडा । किसानले छिसखर्कमा परम्परागत रुपमा घुम्तीगोठ राखेर भेंडापालन गर्दै आएका छन् ।

खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तु ढुवानीका लागि हिमाली भेगमा खच्चडको प्रयोग गरिँदै ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ बुलेस्थित खेतमा टनेलमा गरिएको गोलभेंडा खेती ।

घोराही ५ धर्ना धारपानी मन्दिरदेखि करिब दुई हजार ५०० मिटरको उचाईमा रहेको सुनकोटस्थित देवीको मन्दिर जाने सिढीमा आन्तरिक पर्यटक । उक्त मन्दिरमा जान चार हजार ९६३ सिढी बनाइँदै छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको रघुगङ्गा–४ र ५ वडाको सिमानामा बाँध निर्माण गरिँदै । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गर्न लागेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ डुँडामुख, बाघखोरस्थित निर्माणाधीन आकाशदेवी पार्कमा हालै राखिएको बाघको मूर्ति । स्थानीय युवाले पार्क निर्माण गरी आन्तरिक पर्यटन प्रबद्र्धन गर्न बाघको मूर्ति राखेका हुन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK