Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : बाढीका कारण त्रिपालमुनि रात बिताउन बाध्य वृद्धवृद्धा, श्रीकृष्ण जन्माष्टमीमा कृष्ण मन्दिरमा जे देखियो

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले महाकाली नगरपालिका–१ श्रीवगडका वृद्धवृद्धा गाउँ नजिकैको निजाङगाड खोलामा आएको बाढी गाउँ पसेपछि त्रिपालमा रात बाध्य भएकोदेखि श्रीकृष्ण जन्माष्टमीको दिन पाटन दरबार परिसरस्थित कृष्ण मन्दिरमा लागेको भक्तजनको भीडसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

महाकाली नगरपालिका–१ श्रीवगडका वृद्धवृद्धा गाउँ नजिकैको निजाङगाड खोलामा आएको बाढी गाउँ पसेपछि त्रिपालमा रात बिताउँदै ।

श्रीकृष्ण जन्माष्टमीको दिन पाटन दरबार परिसरस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड ।

म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सोमबार बिहान कालीगण्डकीको छालले १० वटा घरमा क्षति । पर्वतको जलजला गाउँपालिका–३ माटेपानीको पहाड कालीगण्डकीमा खसेर म्याग्दीतर्फको कालीपुलमा छाल पसेर क्षति भएको हो ।

मनाङ चामे गाउँपालिका कोतोमा रहेको झोलुङ्गे पुल बाढी कारण क्षति भएपछि नार फू र सदरमुकाम आवतजाव गर्न यही भत्किएको पुलको साहार लिन बाध्य नार फूका बासिन्दा ।

तीन हजार ५०० को उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ स्थित घुन्सा गाउँमा तानमा गलैँचा बुन्दै महिला । गलैँचा प्रतिवटा रु दश हजार देखि ३० हजार सम्ममा बिक्री हुने गरेको छ ।

धनगढीको वनदेवी मन्दिर परिसरमा गौरा भित्र्याइएपछि पूजाआजा गर्दै ब्रतालु महिला । वर्षमा एकपटक मनाइँने गौरा पर्वमा आ–आफ्नो घरायसी काम छाडेर भए पनि खेल खेल्न हौसिने गर्दछन् । देउडाको दोहरीका गीतमार्फत आपसमा गरिने खेलको प्रत्यक्ष अवलोकन गरेर रमाउन पाउने दर्शकलाई कोरोनाको महामारीले खल्लोे महसुस भएको छ ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगने सल्लेनीका स्थानीय शम्भु नेपालको दावाबोट कृषि फर्ममा उत्पादन भएको ड्रागन फ्रुट । नेपालले जिल्लामा पहिलोपटक यसको व्यावसायिक रुपमा यसको खेती थाल्नुभएको थियो । उहाँले करीब ४० रोपनी क्षेत्रफलमा खेती गर्दै आउनुभएको छ ।

महाकाली नगरपालिका–१ श्रीवगडवासी गाउँ नजिकैको निजाङगाड खोलामा बाढी आएपछि त्रिपालमा बसेर रात बिताउँदै ।

नवलपरासी पूर्व नवलपुरको गैँडाकोट–२३ स्मृति नजिकैको डाइभर्सन बाढीले बगाएर राजमार्ग अवरुद्ध भएपछि जाममा परेका सवारीसाधन । बिहीबारदेखि अवरुद्ध राजमार्ग अझै सहज रुपमा सञ्चालन हुनसकेको छैन ।

तनहुँको व्यास नगरपालिका–४ वैरेनीमार्गमा सोमबार गएको पहिराले खानेपानी पाइप पुरिएपछि पहिरो पन्छाइँदै । पहिराले पाइपमा क्षति पु¥याएपछि खानेपानी अवरुद्ध भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK