×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लमजुङमा कोरोनाको खोप लगाउनेको उदेकलाग्दो भिड, पाटनमा घुम्न आउनेहरुको भिड पनि उस्तै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : लमजुङमा कोरोनाको खोप लगाउनेको उदेकलाग्दो भिड, पाटनमा घुम्न आउनेहरुको भिड पनि उस्तै

Artha Sarokar

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले मङ्गलबार लमजुङ बेँसीशहर नगरपालिका वडा नं ८ स्थित जिल्ला अस्पताल परिसरमा कोरोनाविरुद्धको भेरोसेल नामक दोस्रो खोप लगाउनेहरुको उदेकलाग्दो भीडदेखि कोरोनाको प्रवाह नगरी साझपख ललितपुरको पाटन दरवार तथा त्यस आसपास क्षेत्र घुम्न निस्किएका सर्वसाधरणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
मङ्गलबार लमजुङ बेँसीशहर नगरपालिका वडा नं ८ स्थित जिल्ला अस्पताल परिसरमा कोरोना विरुद्धको भेरोसेल नामक दोस्रो खोप लगाउनेहरुको भीड । असार ३१ गतेदेखि साउन २ गतेसम्म पहिलो खोप लगाएकाहरुलाई यस जिल्लामा मङ्गलबार र बुधबार गरी १४ हजार जनालाई दोस्रो खोप लगाउने भएको छ ।

कोरोनाको प्रवाह नगरी साझपख ललितपुरको पाटन दरवार तथा त्यस आसपास क्षेत्र घुम्न निस्किएका सर्वसाधरण ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी र साल्मिटार जोड्ने रोशी खोलामाथि निर्माण गरिएको झोलुङ्गेपुल तर्दै सर्वसाधारण । रोशी खोलामाथि पुल निर्माण भएपछि खोपासी र साल्मिटारवासीलाई आवतजावतमा सहज भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा मङ्गलबार बिहान भएको आगलागी । आगलागी हुँदा दुई पसल जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

बैतडीको धरमघरमा पहिरो गएपछि अवरुद्ध बनेको महाकाली राजमार्गको पहिरो पन्छाइँदै ।

पाल्पाको रामपुर नगरपालिका –५, बेझाडका किसान धान गोड्दै ।

स्वास्थ्य कार्यालय तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको मास्क अभियानमा सचेतनामूलक प्लेकार्ड प्रदर्शन गर्दै सुरक्षाकर्मी ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –११ बल्थलीस्थित थुम्कीडाँडाबाट देखिएको खोपासीस्थित पनौती बिजुली घरको पानीपोखरी ।

धादिङको बस्नेत टारमा मौरी चराउन चितवनमा ल्याएका घारमा रखिएका मौरीलाई चिनिपानी खुवाउँदै किसानहरु । चरन क्षेत्रको अभावमा चितवनबाट धादिङ ल्याइएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी