×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : विदेशबाट फर्किएर भैंसीपालनमा रमाउँदै पाल्पाका युवा, बाढीका कारण बगर बन्यो मनाङको तालगाउँ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

देश बोल्ने फोटो कथा : विदेशबाट फर्किएर भैंसीपालनमा रमाउँदै पाल्पाका युवा, बाढीका कारण बगर बन्यो मनाङको तालगाउँ

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले पाल्पाको रामपुर नगरपालिका वडा नं ५ बेझाडखेतमा युवा कृषक बलबहादुर राना विदेशबाट फर्किएर भैंसीपालनमा रमाएकोदेखि मस्र्याङ्दी नदीमा आएको बाढीको डुबानमा परेको नासों गाउँपालिका वडा नं १ तालगाउँसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
पाल्पाको रामपुर नगरपालिका वडा नं ५ बेझाडखेतमा युवा कृषक बलबहादुर रानाले विदेशबाट फर्केर भैंसीपालन शुरु गर्नुभएको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढीको डुबानमा परेको नासों गाउँपालिका वडा नं १ तालगाउँ । गत असार १ गते बाढीका कारण गाउँ नै डुबानमा परी बगर बनेको छ । अहिले यहाँका मानिसहरु त्रिपालमूनिबाट पुर्नवासको पर्खाइमा छन् ।

हाइटेक प्रविधिको कृषि फार्ममा लगाइएको गोलभेडा टिप्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गङ्गाबहादुर विश्वकर्मा । पछिल्लो पाँच वर्षको अवधिमा कृषि, राजनीति र अध्ययनलाई सँगसँगै अगाडि बढाउनु भएका विश्वकर्माले घर खर्च कटाएर मासिक रु ७५ हजारभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ ।

शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरु कम्प्युटरमा ड्राफ्ट बनाउन सिक्दै । शिक्षालयमा प्राविधिक शिक्षा सम्बन्धी कक्षाहरु सञ्चालन हुँदै आएका छन ।

शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयका विद्यार्थीहरु कम्प्युटरमा ड्राफ्ट बनाउन सिक्दै । शिक्षालयमा प्राविधिक शिक्षा सम्बन्धी कक्षाहरु सञ्चालन हुँदै आएका छन ।

म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिङ्गास्थित हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा पालिएका कालिज । हरियाली समूहले कालिजपालनका साथै चल्लाको व्यावसायिक उत्पादन गरिरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, झापाको सहभागितामा गौरादह नगरपालिका–५, नमूना एकीकृत कृषि सहकारी खेतीलाई प्रदान गरिएको धान सुकाउने ड्रायर मेसिनमा धान सुकाइँदै । धान सुकाउने मेसिन भित्रिएपछि यहाँका कृषक उत्साहित भएका छन्

वर्षात्का कारण हिलाम्य बनेको भोजपुर–कोदार सडकखण्ड । बर्खाका समयमा यहाँका अधिकांश सडक हिमाम्य भएर यातयात सञ्चालनमा समस्या हुने गरेको छ ।

लगातारको अविरल वर्षाका कारण पहिरो गएर अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग नखुलेपछि बुढीगङ्गा नगरपालिका–१, बल्दे सडकमा राखिएका सवारी साधन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: