Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : कोरोनाको खोप नपाएपछि बिचल्लीमा ज्येष्ठ नागरिक, तनहुँमा सवारीसाधनमाथि थालियो कडा चेकिङ

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले समयमा कोभिड–१९ विरुद्धको खोप नपाएपछि स्वास्थ्य कार्यालय परिसरको ढोकाअगाडि बसेका फिदिमका ज्येष्ठ नागरिकदेखि तनहुँमा ट्राफिक नियमविपरीत सवारी चलाउनेको सङ्ख्या बढ्दै गएपछि चेकिङ कार्यमा कडाइ  गरिरेहका प्रहरीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
समयमा कोभिड–१९ विरुद्धको खोप नपाएपछि स्वास्थ्य कार्यालय परिसरको ढोकाअगाडि बसेका फिदिमका ज्येष्ठ नागरिक ।

सवारी साधान चेकिङ गर्दै जिल्ला ट्राफिक कार्यालय, तनहुँका प्रहरी । ट्राफिक नियमविपरीत सवारी चलाउनेको सङ्ख्या बढ्दै गएपछि चेकिङ कार्य कडाइ गरिएको छ ।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा च्याङग्राको भुवा ९ऊन० सङ्कलन गरेर बजार पठाउने तयारी गर्दै । नेपाल पस्मिना उद्योग सङ्घले चराङमा भुवा सङ्कलन स्थापना गरेर ऊनको बजार सुनिश्चितता गरेपछि कृषकमा खुसियाली छाएको छ ।

तनहुँको सदरमुकाम दमौलीमा निउरो बिक्री गर्दै महिला । ऋषिङ गाउँपालिकाका महिला निउरो बिक्रीका लागि सदरमुकामसम्म आउने गरेका छन् ।

गएराति बझाङको बाहुली खोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुली खोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो ।

वर्षाका कारण ग्रामीण सडकमा गाडी धकेल्दै यात्रु ।

घोराही – ६ गुरुवा गाउँका किसान धानबालीमा कीटनाशक औषधि छकिँदै ।

पोखरा महानगरपालिका–ं२७ स्थित अघौंमा रहेको दिदीबहिनी भैंँसी फर्ममा भैँसीको दूध दुहुँदै महिला ।

पोखरा–२६, लेखनाथमा संरक्षणको पर्खाइमा न्यूरेनी ताल । ताल संरक्षणका लागि वषौंदेखि स्थानीयवासीले सम्बन्धित निकायसँग आवाज उठाउँदै आएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK