×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : जीविकोपार्जनका लागि पाटन दरबारमा बेलुन बेच्दै बालिका, जीर्ण अवस्थामा मालढुङ्गा–बेनी सडक

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले विश्व सम्पदामा सूचिकृत पाटन दरबार क्षेत्रमा जीविकोपार्जनका लागि बेलुन बेच्न बसेकी एक बालिकादेखि मालढुङ्गा–बेनी सडकको जीर्ण अवस्थामा पुगेकोसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

विश्व सम्पदामा सूचिकृत पाटन दरबार क्षेत्रमा जीविकोपार्जनका लागि बेलुन बेच्न बसेकी एक बालिका ।

जीर्ण र साँघुरो अवस्थामा रहेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लामाखेत खण्ड । मर्मत र स्तरोन्नतिका अभावमा सडक जीर्ण हुँदा जोखिम र सास्ती भएको छ ।

म्याग्दीको प्रशिद्ध धार्मिकस्थल खयरबराही मन्दिरमा पूजाका लागि आइपुगेका भक्तजन । यस मन्दिरमा पूजा र भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारका किसान मास छर्न बारी जोत्दै । यहाँका अधिकांश कृषक मकैबाली भित्र्याएपछि मासबाली लगाउँछन् ।

 

पाँचपोखरी,थाङ्पाल गाउँपालिका–८ लाँगर्चे इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड छेउमा गएको पहिरो । मङ्गलबार राति गएको पहिरोले मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ ।

पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनःनिर्माण गरिँदै ।

खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको बाँकी सडक ढलान गर्न नाली निर्माण गरिँदै । शहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु दुई करोड ६८ लाख लागतमा दिक्तेल बजार वरपर क्षेत्रमा सडक ढलान शुरु गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: