काठमाडौं । प्रभु क्यापिटल र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच एमओयु सम्झौता भएको छ । प्रभु क्यापिटल लिमिटेडको सभाहलमा श्रावण २८ गते एक कार्यक्रमबिच उक्त सम्झौता भएको हो । प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र केन्द्रीय व्यवस्थापन विभागका तर्फबाट विभागीय प्रमुख प्रोफेसर डक्टररामजी गौतमले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्नेगरी सो आपसी समक्षदारी पत्रमा सम्झौता भएको हो । सो सम्झौता अनुसार प्रभु क्यापिटलले केन्द्रीय व्यवस्थापन विभागमा एमबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटल मेरिट अवार्ड प्रदान गर्ने तथा क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने गरी केन्द्रीय व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।
आपसी समझादरी पत्रको हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका एमबिए कार्यक्रम निर्देशक सहप्राध्यापक ज्ञानमणी अधिकारी, एमबिए कार्यक्रम उपनिर्देशक उपप्राध्यापक डा.बलराम दुवाल र प्रशासकीय अधिकृत मुकुन्द रिमाल तथा प्रभु क्यापिटलका सञ्चालक उपप्राध्यापक डा.भरत सिंह थापा, लगानी शाखा प्रमुख दुर्गा नन्द झा लगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्