×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलद्धारा नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सार्वजनिक, आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याइने

GLOBAL IME BANK
SHREE KESH

प्रभु क्यापिटलद्धारा नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सार्वजनिक, आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याइने

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटलले नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सार्वजनिक गरेको छ । कम्पनीले लगानी व्यवस्थापन सेवा अन्तर्गत भदौ १५ गतेदेखि नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना सार्वजनिक गरेको हो महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको हो । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुुरु गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याईएको हो । यस योजनामा सलंग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पिएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ईमेलमार्फत पाउने व्यवस्था गरिएको छ । त्यसैगरी ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसनशिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ । यस योजनाको विस्तृत विवरण पाउनका लागी ग्राहकहरुले यस क्यापिटल अन्तर्गत पिएमएस हटलाइन् सपोर्ट नं ९८४००७६२०० तथा ०१-५९७०२०० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: