Skip to content
LAXMI SUNRISE BANK

प्रिमियर इन्स्योरेन्सको बिमा कोषको आकार २६.७७% ले बढ्यो, प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७८ पैसा कायम (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा प्रिमियर इन्स्योरेन्सको नाफा ५.६०% ले बढेको छ ।  अघिल्लो वर्ष यसले ३५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले अहिले ३७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीले बिमा कोषको आकार पनि २६.७७% ले बढेर ८५ करोड २५ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६७ करोड २४ लाख रुपैयाँ थियो ।
यस्तै खुद बिमा शुल्क ९.६०% ले बढेर ७६ करोड २४ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १ रुपैयाँ ८५ पैसाले बढेर ३४ रुपैयाँ ७८ पैसा कायम भएको छ । प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २२१ रुपैयाँ ५२ पैसा छ र जगेडा कोषमा ७६ ४० करोड ९१ लाख रुपैयाँ छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK