Skip to content
LAXMI SUNRISE BANK

‘बाउन्स चेक’ काट्ने प्रेमकुमारी खड्गी पक्राउ, पाँच दिन कैद र बीस लाख जरिवाना

अर्थ सरोकार

काठमाडौँ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेका छन् । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा अदालतले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।
बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र बीस लाख जरिवाना हुने ठहर गरेकामा उनी फरार हुँदै आएकी थिइन् । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई आज काठमाडौँको सोहृखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK