×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अबदेखि सञ्चालित अनलाइनसँग मिल्दो जुल्दो नामको डोमेन सूचिकरण नहुने, प्रेस काउन्सिलले गर्यो यस्तो निर्णय

PRIME CA

अबदेखि सञ्चालित अनलाइनसँग मिल्दो जुल्दो नामको डोमेन सूचिकरण नहुने, प्रेस काउन्सिलले गर्यो यस्तो निर्णय

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अबदेखि प्रेस काउन्सिल नेपालले एक-आपसमा मिल्दाजुल्दा डोमेनको न्युज पोर्टल सूचिकृत नगर्ने भएको छ । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका मिडियालाई आधार बनाई अगाडि वा पछाडि कुनै अंक वा अक्षर जोडेर डोमेन दर्ता/मिडिया दर्ता बनाई गराई मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (डोमेन नेम) लिएर सूचिकृत हुन आएका न्युज पोर्टललाई  सूचिकृत नगर्ने निर्णय गरेको हो ।
हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकले यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ । पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटक-पटक उजुरी/गुनासाहरु आउने गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ । यस्तै पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवम् निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिलले सूचिकृत गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: