×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेसिभ फाइनान्सको जगेडा कोषमा ४ करोड ७७ लाख ६८ हजार रुपैयाँ हुँदा खुद नाफा ४ करोड ११ लाख ५२ हजार रुपैयाँ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रोग्रेसिभ फाइनान्सको जगेडा कोषमा ४ करोड ७७ लाख ६८ हजार रुपैयाँ हुँदा खुद नाफा ४ करोड ११ लाख ५२ हजार रुपैयाँ

Artha Sarokar

६ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीको खुद नाफा १७.५९% ले बढेको छ । बैंकले गत वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ४ करोड ११ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो वर्ष यसै अवधिमा यस कम्पनीले ३ करोड ४९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्म यस कम्पनीको खुद ब्याज आम्दानी १३% ले बढेर ७ करोड ९७ लाख १३ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ५९.६२% ले घटेर १ करोड ८४ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि ४ करोड ३ लाख ४३ हजार रुपैयाँ गैर सञ्चालन आम्दानी गरेपछि खुद नाफामा १७.५९% को सुधार भएको छ ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ८० करोड १ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ७७ लाख ६८ हजार रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी ५ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ २२ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी