काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक समूहतर्फ रिक्त पदमा विकास महर्जनलाई नियुक्त भएको छ । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले सोही मितिदेखि लागू हने गरी सञ्चालक पदमा महर्जनलाई नियुक्त गरेको हो ।
इलेक्ट्रीकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरेका महर्जनले नेपाल राष्ट्र बैंक, नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल टेलिकम, नेपाल स्टक एक्सचेन्ज लगायत झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुमा सूचना प्रविधि विशेषज्ञका रुपमा कार्य गरिसकेका छन् ।
यसबाहेक उनले प्रभु टेक्नोलोजीको प्रमुख कार्यकारी अधिकृत तथा प्रभु समूहमा महाप्रबन्धकका रुपमासमेत कार्य गरिसकेका छन् । हाल सूचना प्रविधिसँग सम्बन्धित विशेषज्ञ सेवा उपलब्ध गराउने कार्यमा संलग्न महर्जन देश विदेशबाट विभिन्न प्राविधिक तालिम तथा सेमिनारहरुमा सहभागी भइसकेका छन् । फाइनान्सको सञ्चालक समितिमा उनको नियुक्तिबाट संस्थाले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास फाइनान्सका अध्यक्ष किशोर महर्जनले बताए ।
कम्पनीले एटिएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वालगायत प्रविधिमा आधारित आधुनिक डिजीटल बैकिङ तथा रेमिट्यान्स सेवाहरु दिंदै आइरहेको छ । साथै हाल १५ वटा शाखा तथा ५ वटा विस्तारित काउन्टरहरुमार्फत सम्पूर्ण बैकिङ सेवा प्रवाह गरिरहेको छ । साथै फाईनान्सले निकट भविष्यमा शाखा रहित् बैंकिङ्ग सेवा समेत प्रवाह गर्ने तयारी गरेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्