×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको निर्देशन विपरित चल्दै नेपाल बैंक, लगानीकर्तालाई सही सूचना नदिएको महालेखाको ठहर !

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वसाधारण लगानीकर्ता र सरोकारवालालाई सही सूचना प्रवाह नगरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनमा नेपाल बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पालना नगरेको पाइएको हो ।
बैंकले लाभांश घोषणा तथा वित्तीय विवरण साधारणसभाका लागि सार्वजनिक हुने वार्षिक प्रतिवेदन राष्ट्र बैंकको निर्देशन अनुसार प्रकाशित गर्नुपर्ने हुन्छ । तर आर्थिक वर्ष २०७६/७७ मा नेपाल बैंकले सो निर्देशन नगरेको पाइएको महालेखाले जनाएको छ ।
राष्ट्र बैंकको पत्रानुसार बीमांकीय खर्च २ अर्ब २१ करोड र आर्थिक वर्ष २०७५/७६ जगेडा कोषबाट सञ्चित मुनाफामा सारेको १ अर्ब १९ करोड रुपैयाँसमेत गरी ३ अर्ब ४० करोड रुपैयाँ पुनः जगेडा कोषमा फिर्ता लैजान निर्देशन दिएको थियो । उक्त रकम समायोजन गर्दा सञ्चित मुनाफा ३० करोड रुपैयाँले ऋणात्मक हुन्थ्यो ।
तर यस बैंकले उक्त निर्देशन पालना गरी आर्थिक वर्ष २०७६/७७ मा १२ प्रतिशतले हुने लाभांश १ अर्ब ८० करोड साधारणसभा पारित गरेको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: