काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारसम्ममा मौद्रिक नीति आउने बताएको छ । आज सोमबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) को ज्ञापन पत्र बुझ्दै गभर्नर महाप्रसाद अधिकारीले छिटोमा यहि शुक्रबारसम्म र ढिलोमा आइतबारसम्म मौद्रिक नीति ल्याउने तयारी भएको बताएका हुन् ।
‘मौद्रिक नीतिमा सरकारले दबाब दिएको छैन, नयाँ सरकार आएपछि बजेटको आकार र बजेटका प्राथमिकता फेरिन सक्ने भएकोले केहि ढिलाई भएको हो।’ उनले भने ‘आगामी मौद्रिक नीति व्यवसायीलाई र अन्य कोरोना प्रभावितलाई राहत दिने गरी नै आउँछ।’
इम्शनले गभर्नर अधिकरी समक्ष विभिन्न ६ बुँदे माग पत्र बुझाएको छ । सामाजिक सञ्जालमा भइरहेको अवैध विज्ञापनलाई करको दायरामा ल्याउन, नेपालको मिडिया उद्योगलाई असर नपर्ने गरी यस्तो विज्ञापनमा खर्चको मापदण्ड तोक्न, मुलुक बाहिरबाट सामाजिक सञ्जालमा हुने सबै खालका विज्ञापनलगायतलाई नियन्त्रण गर्ने व्यवस्था गर्नको इम्शनले सुझाव दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्