×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ५औं वर्षमा प्रवेश, सर्वाधिक बीमा पोलिसी बिक्री गर्न सफल

GLOBAL IME BANK
SHREE KESH

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ५औं वर्षमा प्रवेश, सर्वाधिक बीमा पोलिसी बिक्री गर्न सफल

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५औं वर्षमा प्रवेश गरेको छ । २०७४ भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको रिलायबल इन्स्योरेन्स कम्पनी ४ वर्ष पुरा गरी ५औं वर्षमा प्रवेश गरेको हो । स्थापना कालको छोटो अवधिमै पुराना जीवन बीमा कम्पनीलाई पछाडि पार्दै सर्वाधिक जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ ।

उक्त कम्पनी २०६४ मंसिर १८ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । यस्तै रिलायबलले २०७४ साउन १८ गते जीवन बीमा सम्बन्धि कारोबार गर्ने इजाजतपत्र ‘लाइसेन्स’ प्राप्त गरेको थियो । कम्पनीले गत असार मसान्तसम्ममा ३६ लाख ९ हजार ६७८ वटा बीमा पोलिसी बिक्री गरेको छ । हाल ८२ वटा भन्दा धेरै शाखा कार्यालयमार्फत जीवन बीमाको सेवा प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: