काठमाडौं । साहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । साहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनीले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढि रहेका छन् । बजारमा रहेका अन्य कम्पनीको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण साहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दाबि छ ।
राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय रहेको छ । एप बिजनेश ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको हो । हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउनेछन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारेका छन् । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ ।
कम्पनीमा दक्ष अनुभवि र कुशल व्यवस्थापक र उच्च प्राविधिले गर्दा जनमासमा विश्वनियता दिन प्रतिदिन बढ्दै गईरहेको छ । साहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडरले साहारा पार्टनर र ग्राहकले साहारा एप डाउनलोड गर्नु पर्ने हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्