वाग्मती । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा उत्पादन तथा रोजगारी सिर्जनाका लागि विना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिएको छ । वाग्मती प्रदेशअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालू आवमा सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रुपमा विभाजन गरी कूल दुई अर्ब रकम लगानी गर्ने योजना बनाएर बजेट विनियोजन गरिएको हो । प्रदेश सरकारले गत आव २०७७/७८ बाट सो कार्यक्रम सुरुवात गरेको थियो ।
सर्वसाधारण जनताको लागि जीविकोपार्जनतर्फ टेवा पुगोस् भन्ने उद्देश्यले ल्याइएको सहुलियत ऋण लगानी व्यवस्थापन कार्यक्रमलाई थप प्रभावकारी रुपमा अघि बढाउन निरन्तरता दिइएको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । कार्यक्रम अनुसार कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय र फोहरमैला व्यवस्थापनतर्फ ऋण उपलब्ध गराइने छ । ऋण प्रवाह हुने परियोजना नै सुरक्षित रहने गरी ऋण वा परियोजना धितो राखेमा बढीमा १० लाखसम्म ऋण उपलब्ध गराइने छ ।
युवा उद्यमीलाई लक्षित गरी उत्पादन तथा रोजगारी सिर्जनाको लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमलाई यस वर्ष निरन्तरता दिइएको छ । प्रदेश सरकारले १३ वटै जिल्लामा रहेका कृषि विकास बैंक लिमिटेडमार्फत युवा उद्यमीलाई सहुलियतअन्र्तगत तीन प्रतिशत ब्याज दरमा ऋण लगानी गर्नेछ । २१ वर्षदेखि ४० वर्ष उमेर समूहका व्यक्ति वा सो उमेर समूह मिलेर बनेको समूहले सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई सहुलियतपूर्ण ऋण लगानी गरिने छ ।
जसअनुसार विभिन्न व्यावसायिक क्षेत्रका लागि एक युवा उद्यमी वा युवा मिलेर बनेको समूहलाई बढीमा पाँच वर्षको लागि वार्षिक तीन प्रतिशत ब्याजदरमा अधिकतम २० लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका योजना बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ ।
कार्यक्रमअनुसार प्रदेश सरकारले कृषि व्यवसायसम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरणजन्य उद्योग, महिला उद्यमशीलता, वन तथा वातावरण क्षेत्र, महिला तथा दलित समुदाय विकासको क्षेत्र र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने योजना छ ।
मन्त्रालयले सहुलियतपूर्ण ऋण लगानीका लागि क्षेत्रगत रुपमा क्रमश कृषि व्यवसाय, उद्योग व्यवसाय, पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण र महिला तथा दलित सुरक्षा विकासको ऋण गरी फरक फरक क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानी गर्ने मन्त्रालयको रणनीति छ ।
चालू आवमा सहुलियतपूर्ण ऋणमध्ये सबैभन्दा बढी कृषि व्यवसायको क्षेत्रतर्फ एक हजार ६०० किसानको लागि ४७ करोड ८९ लाख ६१ हजार र सबैभन्दा कम वन तथा वातावरण क्षेत्रतर्फ एक जनाको लागि दुई लाख लगानी गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेशभित्र ६५ वटा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालय र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५१ शाखा कार्यालयमार्फत ऋण लगानी कार्यक्रमलाई निरन्तरता दिने मन्त्रालयको योजना छ ।
जसअन्तर्गत यस वर्ष कृषि व्यवसायको क्षेत्रतर्फ प्रदेशका एक हजार ६०० किसानको लागि ४७ करोड ८९ लाख ६१ हजार, उद्योग व्यवसायको क्षेत्रतर्फ ४६ जना उद्यमीको लागि एक करोड ४१ लाख ९९ हजार, पर्यटन प्रवद्र्धन क्षेत्रतर्फ ११ जना उद्यमीको लागि ४५ लाख ५० हजार तथा व्यापार व्यवसाय क्षेत्रतर्फ ४९४ जनाको लागि १० करोड ५१ लाख १५ हजार छट्याइएको छ ।
चालू आव २०७८÷७९ मा त्यसैगरी वन तथा वातावरण क्षेत्रतर्फ एक जनाको लागि रु दुई लाख, महिला तथा दलित सुरक्षा विकासको ऋणको क्षेत्रतर्फ २० लाख ५० हजार गरी कूल ६० करोड ५० लाख ७५ हजार छुट्याइएको मन्त्रालयले जनाएको छ । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्