×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रु रु जलविद्युत परियोजनाले बोलायो दुई वटा आर्थिक वर्षको वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

काठमाठौं । रु रु जलविद्युत परियोजनाले दुई वटा आर्थिक वर्षको वार्षिक साधारणसभा एकै पटक बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारणसभा असोज १६ गते शनिबार बोलाएको हो । सभा रु रु को रजिष्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने भएको छ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२६३ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ । यस्तै संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने विषय पनि पारित हुने भएको छ । साथै सभाबाट स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित हुनेछ । सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज हुने भएकाले असोज ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: