काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भिडभाड, धर्ना, जुलुस, नगर्न आग्रह गरेको छ । आज मंगलबार कार्यालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको तेस्रो लहर आउने सम्भावना बढेको भन्दै स्वास्थ्य मापदण्डविपरीत यस्ता कार्य नगर्न आग्रह गरेको हो ।
‘निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको वर्तमान अवस्थामा विभिन्न समूहबाट भिडभाडजन्य क्रियाकलाप गर्ने, विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्यालीजस्ता गतिविधिमा संलग्न रहने, तोकिएको स्वास्थ्य मापदण्डको परिपालाना नगर्ने,’ सूचनामा उल्लेख छ ‘मास्कको उचित प्रयोग नगर्ने, भौतिक दुरी कायम नगरी अव्यवस्थित रुपमा सार्वजनिक गतिविधि सञ्चालन गर्नाले कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकोले स्वास्थ्य मापदण्डविपरीत यस्ता गतिविधिहरु नगर्न/नगराउन सबै पक्षलाई सूचित गरिन्छ ।’
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने चेतावनी पनि सूचनामार्फत दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्