×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जाको ३५ लाख कित्ता आइपीओमा आवेदन दिन अब कति दिन बाँकी छ ?

PRIME CA
GLOBAL IME BANK

साहस उर्जाको ३५ लाख कित्ता आइपीओमा आवेदन दिन अब कति दिन बाँकी छ ?

९ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साहस उर्जाको कुल ३५ लाख कित्ता आइपीओ भर्ने आज बुधबारसहित ३ दिन बाँकी रहेको छ । कम्पनीको सो सेयरमा भदौ ११ गते शुक्रबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । साहजले साउन २९ गतेदेखि सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सो समयसम्म सबै सेयर बिक्री नभएमा भने भदौ २७ गतेसम्म खुला रहनेछ । सोलखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, नेपाल इन्भेष्टमेन्टको बैंकको लुक्ला शाखा, लक्ष्मी बैंकको मुग्ली र नेले शाखा, माछापुच्छ्रे बैंकको, सल्लेरी शाखा तथा प्राइम कमर्शियल बैंकको रमिते शाखाबाट आवेदन दिन सकिनेछ ।
यस्तै लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फतबाट पनि सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले अहिले सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: