×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नाफामा २४.२६ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ १५ पैसाले खुम्चियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नाफामा २४.२६ प्रतिशतको गिरावट, प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ १५ पैसाले खुम्चियो

Artha Sarokar

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ४ करोड ४७ लाख २० हजार रुपैयाँमा सिमित भएको छ । कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा २४.२६% ले घटेको जनाएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ३२ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी सामान्य बढेर १० अर्ब ४० करोड ३५ लाख रुपैयाँ पुगेको छ । बिक्री लागत पनि ८ अर्ब ६६ करोड ४७ लाख रुपैयाँबाट बढेर ९ अर्ब ३४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । जस कारण खुद नाफा प्रभावित भएको छ ।
कम्पनीको रिजर्भ कोष पनि २.७३% ले वृद्धि भएर १ अर्ब ३२ करोड ८१ लाख ४१ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी १२ रुपैयाँ १५ पैसाले खुम्चिएर २० रुपैयाँ ८० पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७५ पैसा रहेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी