काठमाडौँ । सामलिङ्ग पावर कम्पनीको २२ शुक्रबारबाट जारी गर्ने भनिएको ५ लाख कित्ता आइपीओ स्थगित भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमणका कारण ईलाममा साउन २५ गतेसम्म निषेधाज्ञा जारी रहेकाले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गर्ने भनिएको आईपीओ हाललाई स्थगित गरिएको जनाएको हो ।
अर्को सूचना प्रकाशन नभएसम्मका लागि आईपीओ स्थगित गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
निष्कासन गरिने कुल सेयरमध्ये ६० प्रतिशत अर्थात ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा न ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं ४ र ५ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने छ भने धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्