×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महामारीको समयमा हवाई भाडा बढी लिएको सम्बन्धमा संसदीय समितिले देखायो चासो, कसले के-के भने ? (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महामारीको समयमा हवाई भाडा बढी लिएको सम्बन्धमा संसदीय समितिले देखायो चासो, कसले के-के भने ? (भिडियो)

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोभिड–१९ महामारीको समयमा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा संसदीय समितिले चासो राखेको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कोभिड–१९ महामारीको बेलामा हवाई उडानहरुले बढी भाडा लिएको सम्बन्धमा चासो राख्दै सरोकारवाला निकायसँग छलफल गरेको छ । छलफलका क्रममा सांसदहरुले वायु सेवा कम्पनीहरुले सेवा भाव नराखी महामारीको बेलामा उपभोक्ताहरुसँग बढी भाडा असुलेको बताएका छन् भने वायु सेवा सँग सम्बन्धित सरोकारवाला अधिकारीहरुले भने बजारमा आएजस्तो बढी भाडा नलिएको र अनियमितता नभएको बताएका छन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरणले वायु सेवाहरुलाई व्यापारिक रुपमा हस्तक्षेप गर्ने अधिकार प्राधिकरणको नभएको बताउनु भयो । उहाँले कोभिड–१९ महामारीको समयमा वायु सेवाले बढी भाडा लिएको २४ वटा गुनासो आएको र त्यसउपर छानविन भइरहेको बताउनुभयो ।
नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले निषेधाज्ञाको समयमा वायु सेवा निगमले बढी भाडा नलिएको बताउनु भयो । उहाँले आफुहरुले मौकाको फाइदा उठाउने हिसाबले काम नगरेको भन्दै यसबारे निगमबारे कुनैपनि प्रकारको गुनासो नभएको पनि स्पष्ट पार्नुभयो । सांसद देवेन्द्र पौडेलले नेपाली नागरिकहरुलाई आपत परेको बेलामा वायु सेवाहरुलाई मानविय भावनाले काम गर्न नसकेको बताउनुभयो । वायु सेवा निगम घाटामा गए सरकारलाई भन्नुपर्ने र भाडाले संस्था धान्छु भनेर नहुने उहाँले बताउनुभयो । आगामी दिनमा वायु सेवाहरुले कमजोरी सच्याउनुपर्ने उहाँले बताउनुभयो ।
सांसद सन्तकुमार चौधरीले वायु सेवा कम्पनीहरुले दलालमार्फत् टिकट बिकाउनु नहुने बताउनुभयो । यसले भाडा बढी पर्न गएको हुनाले ट्राभल एजेन्सीलाई कमिशन दिएर टिकट विकाउने काम बन्द गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद प्रमोद साहले वायु सेवा कम्पनीको मनपरी भाडा लिने दादागिरी र हैकमवादी प्रवृत्तिका विरुद्धमा सांसद बोल्दा सांसद विरुद्ध मुद्धा चलाइएको भन्दै सर्वसाधारणले झनै बोल्न नसक्ने उहाँले बताउनुभयो । महामारीको समयमा नाफामुलक हिसाबले काम गर्ने वायु सेवा कम्पनीहरुलाई सरकारले कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महामारीको समयमा हवाइ उडानमा हुने अनियमितता बारे जानकारी दिन मन्त्रालयले सुचना जारी गरेको जानकारी दिदैँ दुई वटा ट्राभल एजेन्सीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बताउनुभयो । गुनासोहरुको अध्ययन गर्दै समस्या समाधान गर्न छानविन समिति गठन गरिएको र समितिको प्रतिवेदन आएपछि थप निर्णय गरिने उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा हवाइ उडानलाई कसरी आम उपभोक्तामाझ सहज बनाउन सकिन्छ भन्ने सम्बन्धमा मन्त्रालयले ध्यान दिने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: