×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओमा दोस्रो दिन ४.४३ गुणाको ओभर सब्सक्राइब, २४ गतेसम्म आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओमा दोस्रो दिन ४.४३ गुणाको ओभर सब्सक्राइब, २४ गतेसम्म आवेदन दिन सकिने

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा दोस्रो दिन बिहिबार ४.४३ गुणाको ओभर सब्सक्राइब भएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बिहिबार साँझ ५ बजेसम्म १५ लाख ४ हजार ८ सय ११ जना सर्वसाधारण लगानीकर्ताहरुले २ करोड ३९ लाख ४७ हजार ७ सय ८० कित्ता सेयरको लागि २ अर्ब ३९ करोड ४७ लाख ७८ हजार रकम बराबरको आवेदन दिएको जनाएको हो ।
कम्पनीले बुधबार प्रतिकित्ता १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । जसमा ३ लाख अर्थात् ५% सेयर कर्मचारी र ३ लाख अर्थात् ५% सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ भने बाँकी ५४ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सक्नेछन् ।
लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपीओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपीओ निष्कासन खुला हुनेछ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी