×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीको राजविराज नगरपालिकास्थित देउरी भरुवामा अलपत्र पर्यो शीतभण्डार निर्माण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सप्तरीको राजविराज नगरपालिकास्थित देउरी भरुवामा अलपत्र पर्यो शीतभण्डार निर्माण

Artha Sarokar

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी । सप्तरीको राजविराज नगरपालिकास्थित देउरी भरुवामा सहकारी शीतभण्डारको निर्माण अलपत्र परेको छ । राजविराज-१२ देउरी भरुवामा निर्माणाधीन सो शीतभण्डारको क्षमता तीन हजार मेट्रिक टनको छ । ठेकेदारको चरम लापरवाहीले निर्माणकार्य अहिले रोकिएको छ । ठेकेदार कम्पनीले कोरोना महामारीको बहाना देखाएर विगत ६ महिनादेखि काम स्थागित गरेको बताइएको छ ।

जिल्ला सहकारी सङ्घले सहकारी संस्थाको व्यवस्थापन विस्तार एवं यहाँ उत्पादित कृषि उपजको भण्डार र व्यवस्थापननमा सहयोग पुर्याउने ध्येयले सो कार्य अगाडि बढाएको थियो । विसं २०७५ फागुन महिनामा शिलान्यास गरी निर्माण थालिएको शीत भण्डारको काम ५० प्रतिशत भएको छैन । स्थानीयवासीका अनुसार शर्मा आशिष ओम साइराम, सानोठिमीले ठेक्का लिएको थियो ।

सङ्घका प्रबन्धक रमेशप्रसाद गुप्ताले शीतभण्डारबाट हजारौं किसानले लाभ लिन सक्ने जनाउँदै शीघ्र निर्माण सम्पन्न गर्न पहल भइराखेको बताउनुभयो । उहाँका अनुसार यसका लागि पहिलो किस्ता तीन करोड बजेट निकासा भएको थियो । अहिले बजेटका अभावमा काम रोकिएको बताइएको छ ।

सङ्घीय र प्रदेश सरकारले समयमा अनुदान रकम दिएका छैनन् । सङ्घीय सरकारको ६० ,सङ्घ संस्थाको २० तथा स्थानीय तथा प्रदेश सरकारको २० प्रतिशत रकम रहने सो शीतभण्डारको क्षमता ३ हजार मेट्रिक टन रहने जनाइएको छ । पाँच च्याम्बर भएको शीतभण्डारको लम्बाइ ४८ मी, चौडाई ४०.८५ मी उचाइ ९.५ मी रहने प्राविधिकले जनाएका छन् । कूल ६४ हजार ९८२.६८ वर्गमी जग्गा क्षेत्रफल ओगटेको शीतभण्डार मूल्य अभिवृद्धि कर बाहेक २७ करोड लाग्ने जनाइएको छ ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी