×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

४.०६ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से झिनो अंकले बढेको छ । आइतबारको तुलनमा नेप्से परिसूचक ४.०६ अंकले बढेर ३०८५.०७ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ९८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अरुण काबेली पावरको भएको छ । यस कम्पनीको ३७ करोड ७० लाखमाथिको सेयर कारोबार भएको छ । आज ८ समूह घटेका छन् भने अन्य ५ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: