काठमाडौँ । ‘स्वच्छ पूँजी बजार अभियान – २०७८’ का लागि जनमत संकलनको कार्य सुरु भएको छ । धितोपत्र बजारलाई स्वच्छ बनाउनको लागि सो अभियान सुरु गरिएको हो । धितोपत्र सम्बन्धी ऐन २०६३ ले दफा ९१-९३ मार्फत कुनै पनि व्यक्तिले धितोपत्रको भित्रि कारोबार (Insider Trading) गर्न नहुने र सो गरेको पाइएमा बिगो बमोजिम जरिवाना तथा कैदको स्पष्ट व्यवस्था गरेको छ ।
तर नेपालको पूँजी बजारको नियामक निकाय, नेपाल धितोपत्र बोर्डको अध्यक्षता गरी रहेको व्यक्ति, आफ्नो पदीय मर्यादा विपरित, धितोपत्रमा सूचिकृत हुने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको Golden Share लिइ, निजले आफ्नो पदको चरम दूरुपयोग गरेि स्वयं भित्रि कारोबार (Insider Trading) मा संलग्न रहेको सर्व बिदितै छ।
तसर्थ, पूँजी बजारको स्वच्छता, पारदर्शिता एवं बजारको समुचित बिकासमा नकारात्मक असर परि रहेको सन्दर्भमा, निज भिष्मराज ढुङ्गानालाई अविलम्ब पदबाट स्वयं राजीनामा दिन वा नेपाल सरकारले निजलाई अबिलम्ब पदबाट बर्खास्त गर्न दवाब दिने उद्देश्यले हामीले जनमत संकलन गरि अर्थ मन्त्रालयमा बुझाउने निर्णय गरेका छौं ।
यस अभियानमा सहमत हुने लगानीकर्ता मित्रहरुले तल दिइएका विकल्पहरु मध्ये एउटा विकल्प छनोट गरि मत जाहेर गरी दिन हुन हार्दिक अनुरोध गर्दछौं ।
यहाँहरुले भर्नु भएको सूचना तथा जानकारी गोप्य रहनेछ ।
अभियानमा सहमत हुन् वा मत दिन यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्