सिन्धुपाल्चोक । इन्द्रावती नदीमा गत असार १ गते आएको बाढी प्रभावित र विभिन्न स्थानमा गएको पहिराका कारण पीडितका लागि नेपाल ह्योल्मो समाजसेवा सङ्घले पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सङ्घका अध्यक्ष पेमा ह्योल्मोले गाउँपालिकाका अध्यक्ष टासी लामालाई रकम हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष लामाले हेलम्बु, मेलम्ची र पाँचपोखरी क्षेत्रले अकल्पनीय प्राकृतिक विपत्ति व्यहोर्नु परेको र पुनः पहिलेकै अवस्थामा ल्याउन पालिकाको प्रयासले मात्रै सम्भव नभएकाले विभिन्न सङ्घसंस्था र दातृ निकायहरूको सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।
सङ्घका उपाध्यक्ष रेन्जेन दोङ्बा, डोल्मा कुमारी ह्योल्मो, महासचिव केसाङ ह्योल्मो, कोषाध्यक्ष नुर्पु डोल्मा लामा, पूर्णिमा ह्योल्मो लगायतको उपस्थिति थियो । सङ्घले यसअघि पनि क्षतिग्रस्त क्षेत्रमा आर्थिकसँगै खाद्यान्न, जस्तापाता लत्ताकपडा लगायतका विभिन्न सहयोग सामग्री वितरण गर्दै आइरहेको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्