×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ करोड कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको तायल समूहको सोनापुर मिनरल्सले तिरेन ५४ करोड रुपैयाँ बक्यौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

२ करोड कित्ता आईपीओ जारी गर्ने तयारीमा रहेको तायल समूहको सोनापुर मिनरल्सले तिरेन ५४ करोड रुपैयाँ बक्यौता

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दाङ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले विद्युत् महसुलबापतको आधा अर्ब रुपैयाँ भन्दा बढी बक्यौता नतिरेको पाइएको छ । तायल समूहको यो कम्पनीले २०७४/०७५ देखि नेपाल विद्युत प्राधिकरणलाई ५४ करोड रुपैयाँ बक्यौता नतिरेको पाईएको हो ।

यता यो कम्पनीले आईपीओ निष्कासन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्तसमेत  गरिसकेको छ । उक्त कम्पनीले स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणलाई गरी २ करोड कित्ता सेयर निष्कासन गर्ने तयारी थालेको छ ।

दाङ जिल्लामा अवस्थित यो कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट, सोनाली सिमेन्ट, सोना चाँदी सिमेन्ट, सोनापुर सिमेन्ट र सोनाश्री सिमेन्ट उत्पादन गर्दै आएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी