काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा भएको छ ।
सनराइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष ०७७/०७८ का लागि ५० प्रतिशतका दरले हुन आउने ४३ करोड प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने कम्पनीले जनाएको छ ।