भक्तपुर । कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शैयाको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो ।
नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानहरुको अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, ओपीडी, जनरल वार्ड, अक्सिजन प्लान्टलगायत संरचनाको निर्माणको अवस्थाको अवलोकन गर्दै जतिसक्दो छिटो काम सक्न निर्देशन दिनुभयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “नगरपालिकाको पाँच करोडको लागतमा अस्पतालको भवन निर्माण भएर सञ्चालनको तयारीमा जुटेका छौँ, अस्पताल जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक मेसिनहरुको बोलपत्र आह्वान भएको छ, मेसिनहरु आएर जडान भएर अक्सिजन प्लान्ट स्थापना गरी उत्पादन सुरु लगत्तै अस्पतालको सेवा सञ्चालनमा ल्याउँछौँ ।”
आगामी असोज १ गते अस्पताल उद्घाटन गरेर सेवा सञ्चालन गरी सेवा पुनः सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो । अस्पतालमा आईसीयू, एचडीयू, भेन्टिलेटर र जनरल वार्ड गरी सुरुमा २५ शैया सञ्चालन गर्ने र कोरोनालगायत अन्य बिरामी सङ्ख्या बढेमा सरकारसँग स्वीकृति लिई ५० सैया पुर्याउने गरी तयारी गरिएको नगर प्रमुख थापाले बताउनुभयो । उहाँले भक्तपुरका जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भनेर आफू लागिरहेको र आफ्नो इच्छा साकार भएको बताउनुभयो ।
सूर्यविनायक–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले अस्पतालमा सांसद महेश बस्नेतको सांसद विकास कोष र नगरपालिकाको बजेटमा अस्पताल निर्माण भएको बताउनुभयो । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न सांसद बस्नेतको पहलमा सरकारले ७५ लाख बजेटको व्यवस्था गरेको जानकारी दिँदै सापकोटाले यस अस्पताललाई आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि सांसद बस्नेतले एक करोड ५० लाख बजेटको व्यवस्था गरेको बताउनुभयो ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्