Skip to content
LAXMI SUNRISE BANK

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी २४.१३% घाटामा, विद्युत् बिक्रीबाट हुने आम्दानीमा पनि गिरावट

अर्थ सरोकार

काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले ८ करोड २७ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत वर्षको यसै अवधिमा भन्दा २४.१३% ले घटेको हो । अघिल्लो वर्ष यस कम्पनीले १० करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि २३ करोड ६२ लाख रुपैयाँबाट घटेर २० करोड १५ रुपैयाँमा झरेको छ । अहिले सिनर्जीको चुक्ता पूँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा भने ८ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २९ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १११ रुपैयाँ ४० पैसा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK