×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सेयर किन्नेले सो बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले शुक्रबार भदौ ४ देखि भदौ १८ गतेसम्म बुक क्लोज गर्दैछ भने भदौ १८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभामा १०% बोनस सेयरपछि ५०% हकप्रद जारी गर्ने प्रस्ताव पेश गरिने भएको छ । प्रस्तावित १०% बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश दिने प्रस्तव पनि रहेको छ ।
कम्पनीले बोनसपछि कायम हुने चुक्ता पुँजीको ५०% (२ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । बोनसपछि सिनर्जीको चुक्ता पूँजी ७९ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सोही पुँजीको ५०% हकप्रद जारी हुनेछ ।
हकप्रद सभाले पारित गरी नियामक निकायबाट स्वीकृति पाएपछि मात्र जारी हुनेछ । सभा प्रयोजनका लागि सिनर्जीले भदौ ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्नेछ । साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी