काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका तनहुँको उपभोक्ता समितिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम अधिकारी र कोषाध्यक्ष भीमबहादुर गुरुङविरुद्ध रु सात लाख ६६ हजार ७०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
आयोगले उपभोक्ता समितिका सदस्य गणेशकुमार गुरुङविरुद्ध रु एक लाख १९ हहजार र चार्टर कन्स्ट्रक्सन मालेपाटन पोखराका प्रोपाइटर विनोद श्रेष्ठविरुद्ध रु दुई लाख ४८ हजार ४०० बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
स्थानीय लालध्वज शहीद मार्ग स्तरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले पैसा नै नपर्ने ग्राभेलसमेतको सामग्री प्रयोग गरेको तर बिल भरपाई मिलान गरेर भ्रष्टाचार गरेको अभियोग लागेको छ । उनीहरुविरुद्ध बिगोअनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्