×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँको दुम्सीचौरमा तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण, पर्यटकीय स्थलको रुपमा विकास गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

तनहुँको दुम्सीचौरमा तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण, पर्यटकीय स्थलको रुपमा विकास गरिने

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । व्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा दुम्सीको मूर्ति निर्माण गरिएको छ । वडा नं १० कार्यालयको तीन लाख र ६० हजारको श्रमदान गरी कूल तीन लाख ६० हजारको लागतमा दुम्सीको मूर्ति निर्माण गरिएको हो । वडाभित्र रहेका ऐतिहासिकस्थलको नाम नमेटिने गरी पहिलो चरणमा दुम्सीको मूर्ति र परेवाको मूर्ति निर्माण कार्य सम्पन्न गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

“दुम्सीको माउ र बच्चा गरी दुई वटा मूर्ति निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “पार्कमा विद्युत् जडान, दुबो र टायल विच्छाउने कार्य भैरहेको छ ।” दुम्सीको मूर्ति निर्माणसँगै त्यहाँ सेल्फी र टिक्टक् बनाउने सर्वसाधारणको भीड लाग्ने गरेको छ । त्यसैगरी वडाले अघिल्लो वर्ष परेवा डाँडामा परेवाको मूर्ति निर्माण गरी सकेको छ । वडामा रहेका ऐतिहासिक र सांस्कृतिक स्थलको संरक्षण एवं सम्वद्र्धन गर्दै पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष सापकोटाको भनाइ छ ।

सात फिट अग्लो परेवाको मूर्ति निर्माणका लागि रु तीन लाख खर्च भएको छ । उहाँका अनुसार परेवाको मूर्ति निर्माणका लागि वडा कार्यालयबाट एक लाख ५० हजार र पिजनहिल रेष्टुरेण्ट एण्ड फन पार्कका सञ्चालक विवेक सापकोटाले एक लाख ५० हजार सहयोग गरेको छ । परेवाको मूर्ति निर्माण गरेपछि सोही स्थान नजिकै होटल व्यवसायी सापकोटाले रेष्टुरेण्ट एण्ड फन पार्क सञ्चालन गरेपछि आफ्नो रेष्टुरेण्टमा पनि पर्यटकको आगमनमा वृद्वि हुन सक्ने उद्देश्यले सहयोग गर्नुभएको बताइएको छ ।

कुमालटारीमा कुमालले माटोको आरी निर्माण गर्दै गरेको र माझीले मादी नदी तार्दै गरेको मूर्ति निर्माणका लागि पनि उचित स्थान खोजी भइरहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । उक्त वडामा कुमाल, बोटे र दरै जातिको बाहुल्यता रहेको छ । वडाभित्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको पहिचान गरी संरक्षण गर्न प्राथमिकतामा राखेर काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो ।-रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी