×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कारितास नेपालद्धारा घिरिङ गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कारितास नेपालद्धारा घिरिङ गाउँपालिकालाई दुई लाखको स्वास्थ्य सामग्री सहयोग, कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्य

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई दुई लाख १८ हजार ५३७ बराबर स्वास्थ्य सामग्री सहयोग गरेको हो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने जनाउँदै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो । गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, फेसशिल्ड, स्यानीटाइजरलगायतका सामग्री सहयोग गरिएको छ ।यसअघि सोही संस्थाले दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । दमौली अस्पताललाई १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको थियो ।

उक्त संस्थाले गण्डकी प्रदेशका सात अस्पताललाई एक करोड २० लाख ९८ हजार ४११ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ ।रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: