×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६६ लाख बढी राजश्व सङ्कलन, पाँच हजारलाई रोजगारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

६६ लाख बढी राजश्व सङ्कलन, पाँच हजारलाई रोजगारी

Artha Sarokar

१९ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ । दुई हजार एक उद्यमी बन्दा ती उद्योगले पाँच हजार ८१५ लाई रोजगारी दिएको छ । रोजगारी पाउनेमा दुई हजार ८३५ महिला र दुई हजार ९८० पुरुष छन् । यसैगरी कार्यालयले ६६ लाख ३१ हजार ७५० राजश्व सङ्कलन गरेको छ । उद्योग दर्तामार्फत ३७ लाख ७७ हजार ७००, पुँजीवृद्धिमार्फत  सात लाख ८० हजार ५०० र अन्यमार्फत २० लाख ७३ हजार ५५० राजश्व सङ्कलन भएको छ ।

एक लाखसम्म पूँजी भएको उद्योगले एक हजार १००, तीन लाखसम्म पूँजी भएको उद्योगले तीन हजार १००, पाँच लाखसम्म पूँजी भएको उद्योगले छ हजार १००, ५० लाखसम्म पूँजी भएको उद्योगले १२ हजार १००, एक करोडसम्म पूँजी भएको उद्योगले २० हजार १००, पाँच करोडसम्म पूँजी भएको उद्योगले ३० हजार १०० र पाँच करोडभन्दा माथि पूँजी भएको उद्योगले ५० हजार ११० दर्तावापत शुल्क बुझाउनुपर्छ ।

कार्यालयमा सोही अवधिमा ७२१ उद्योग नवीकरण, १३८ उद्योग नामसारी, ११ उद्योग ठाउँसारी र १२४ उद्योगले उद्देश्य थप गरेका छन् । ८५ उद्योगले लगत कट्टा, १४६ उद्योगले सुविधा सिफारिश, १८८ उद्योगले प्रतिलिपि र १४४ ले पूँजी वृद्धि गरेका छन् । -रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी