Skip to content
LAXMI SUNRISE BANK

तत्कालिन देव: विकास बैंकको बाउन्स चेक काट्ने पक्राउ, ३९ लाख ९६ हजार रुपैयाँ जरिवाना

अर्थ सरोकार

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूरको मुद्दामा फरार प्रतिवादीलाई ले पक्राउ गरेको छ । सीआईबीले बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापालाई कामाडौंको चक्रपथबाट मंगलबारर पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले अभियुक्त थापालाई ३९ लाख ९६ हजार ४०० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । उनले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्यानमा पारि तत्कालिन देव विकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ३९ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।
बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK