कैलाली । कैलालीको टीकापुर नगरपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अद्यावधिक गर्न थालेको छ । नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अद्यावधिक गर्न वडावडामा अद्यावधिक र नवीकरण शिविर सुरु गरेको छ ।
नगरपालिकाले पटकपटक सूचना गरी दोहोरो सुविधा लिनेलाई सामाजिक सुरक्षाबाट लगत कट्टा गर्न आग्रह गरे पनि कार्यान्वयन नभएकाले गाउँमै गएर शिविर गर्न थालेको हो । नगरपालिकामा सामाजिक सुरक्षा भत्तामा पेन्सन सुविधा लिइरहेका वा अन्य पदमा रहेकाहरु समेत समेटिएकाले उनीहरुलाई रोक्न शिविर गर्न थालिएको हो । “विगतमा सामाजिक सुरक्षा भत्तामा समेटिएकाहरुका नाम र उमेर मात्र हामीसँग छन्, उनीहरुका नागरिकता, आवश्यक कागजात पनि सङ्कलन गर्न थालेका छौँ,” सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा एकाइ समन्वय समितिका प्रमुख चेतबहादुर बोहराले भन्नुभयो, “कागजात नपुगेकाहरुका कागजात सङ्कलन र विवरण अद्यावधिक गर्न थालेका छौँ, भत्ता लिने लाभग्राहीलाई नवीकरणका लागि अनिवार्य सहभागी हुन भनेका छौँ ।
नौ वडा रहेको नगरपालिकाका १४ स्थानमा अद्यावधिक शिविर आयोजना भइरहेको छ । लाभग्राहीलाई आवतजावतमा सहज होस् भनी नगरपालिकाले गाउँगाउँमा जनशक्तिसहित शिविर गरिरहेको हो । गाउँमै नवीकरण तथा नपुगेका कागजात अद्यावधिक गर्न पाएपछि स्थानीयवासी समेत खुशी छन् । टीकापुर–४ की मालतीदेवी थापा विगतमा हरेक वर्ष नवीकरणका लागि टीकापुर बजारमा रहेको कार्यालयमा आउनुहुन्थ्यो । “यस वर्ष गाउँमै कागजात बुझाएँ”, थापाले भन्नुभयो, “सजिलो भयो, अझ ज्येष्ठ नागरिकलाई सेवा लिन धेरै टाढा जानु परेन, सबैले गाउँमै नवीकरण गराउन पाए ।”
नगरपालिकामा गत वर्षको तथ्याङ्कअनुसार सामाजिक सुरक्षा भत्ता खानेको सङ्ख्या आठ हजार १०० रहेको छ । भत्ता खानेहरुको नवीकरण गर्ने समय असोजसम्म भए पनि नगरपालिकाले यो पटक भदौभित्र गरिसक्ने गरी काम थालेको छ । चालु वर्षदेखि नगरपालिकाले गरेको जनाएको छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्