×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ अब साउन ३२ गतेसम्म भर्न सकिने, न्यूनतम ५० कित्तादेखि आवेदन दिन पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ अब साउन ३२ गतेसम्म भर्न सकिने, न्यूनतम ५० कित्तादेखि आवेदन दिन पाईने

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ भर्ने म्याद थपिएको छ । आज साउन १७ गतेसम्म आइपीओ भर्ने अन्तिम म्याद रहेकोमा अब भने साउन ३२ गतेसम्म खुला रहने भएको हो । कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौमा सात वटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी