Skip to content
LAXMI SUNRISE BANK

मंगलबार सबैभन्दा बढी कमाए यी १२ कम्पनीका लगानीकर्ताले

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । आज सबैभन्दा धेरै १२ कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

जसमा गोर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर, अरुण काबेली पावर, आँखुखोला जलविद्युत कम्पनी, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, माउन्टेन इनर्जी नेपाल कम्पनी, रुरु जलविद्युत आयोजना कम्पनी, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र जीवन विकास लघुवित्त वित्तीय संस्था रहेका छन् । यस कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब २० करोडमाथिको कारोबार भएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK