काठमाडौं । १२.०५ अंकले बढेको बजारमा सबैभन्दा धेरै ११ कम्पनीका लगानीकर्ताले कमाएका छन् । जसमा अपि पावर कम्पनी, खानिखोला हाईड्रोपावर कम्पनी, दिव्यश्वरी हाईड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, अपर तामाकोशी हाईड्रोपावर, घलेम्दी हाईड्रो कम्पनी र यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीहरुको १० प्रतिशतले सेयर मूल्य बढेको हो ।
यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्था, नारायणी डेभलपमेन्ट बैंक, सान्जेन जलविद्युत कम्पनी र आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले पनि कमाएका छन् । यस कम्पनीहरुको भने ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।