काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से ५.७२ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७४ करोड ९७ हजार ४ सय ५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि नेपाल बैंक, हाईड्रोईलेक्ट्रिसिटी ईन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, न्याग्दी ग्रूप पावर कम्पनी, अपि पावर कम्पनी, हिमालयन डिस्टिलरी, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, आईसिएफसि फाइनान्स, कामना सेवा विकास बैंक र एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ ।