काठमाडौं । आज मंगलबार नेप्से ५६.०३ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ७५ करोड ४३ लाख ३३ हजार ७ सय २३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसपछि अरुण काबेली पावर, नेशनल हाइड्रोपावर कम्पनी, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल बैंक, आईसिएफसि फाइनान्स, सेन्ट्रल फाइनान्स, अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र नेको इन्स्योरेन्सकम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब १२ करोड ४४ लाखमाथिको कारोबार भएको छ ।