Skip to content
LAXMI SUNRISE BANK

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से १.२४ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेशनल हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ३६ करोड १ लाख ४२ हजार ८ सय २१ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, न्याग्दी ग्रुप पावर कम्पनी, यूनिभर्सल पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, लुम्बिनी विकास बैंक, अपि पावर कम्पनी, हिमाल दोलखा हाईड्रोपावर कम्पनी र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर खरिद बिक्री हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८ सय ६२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK